झापामा मोटरसाइकल चोरीमा संलग्न ८ जनाको गिरोह पक्राउ, प्रहरीद्वारा सार्वजनिक

झापामा मोटरसाइकल चोरीमा संलग्न ८ जनाको एक गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरुमा दुई नाबालकसमेत रहेका छन् । मोटरसाइकल चोरीमा संलग्न बिर्तामोड ५ बस्ने १८ वर्षिय करण मण्डल , वडा न. ३ बस्ने १९ वर्षिय कुमार राजवंशी , अर्जुनधारा ८ बस्ने १८ वर्षिय समिर मियाँ , आहिल ग्यारेजका संचालक सप्तरी टिकुली ५ बस्ने १७ वर्षिय करण महमद , गौरीगञ्ज ५ बस्ने १८ वर्षिय ओमप्रकाश यादव , इलाम चुलाचुली बस्ने १८ वर्षिय राहुल श्रेष्ठ तथा १४ र १५ वर्षका दुईजना नाबालकलाई पक्राउ गरी बिहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

 

बिर्तामोड क्षेत्रमा विगत केही महिनादेखि विभिन्न मिति र समयमा मोटरसाइकल चोरीको घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले सुक्ष्म रुपमा खोजतलास शुरु गरेको थियो । त्यसक्रममा जेठ १८ गते अर्जुनधारा ८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा १० स्थित बिमल हुमागाईको घर सटरमा ग्यारेज संचालन गर्ने सप्तरी टिकुली ५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा मोटरसाइकल बरामद भएको थियो ।

 

त्यस्तै झापाका विभिन्न स्थानबाट ५ र इलामबाट एउटा गरी थप ६ वटासमेत गरी जम्मा १२ वटा चोरीको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताउनु भयाे।बरामद गरिएका मोटरसाइकलहरुमा प्र.१–०१–०१४प ९३१९ , मे ६ प ७६३९ , प्र.१–०१–०१२ प २७५ , नम्बर प्लेट नटाँसेको एउटा , मे ७ प ७६४३ , मे १ प ७९४ , मे ६ प ६४५१ , मे ११ प ५२३७ , मे प ७६३९ , मे ९ प ७३४६ , मे ५ प ७१५०, मे४ प ४०६२ रहेका छन् ।

 

कार्यक्रममा बोल्दै डिएसपी पाठकले मोटरसाइकल चोरीमा संलग्न अरु पनि समूह हुनसक्ने भन्दै खोजीका लागि प्रहरीले सक्रियता बढाएको बताउनु भयाे । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले मोटरसाइकल हराउनबाट जोगिन मोटरसाइकल धनी स्वयं सजग हुनुपर्नेमा जोड दिनु भयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search