झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं ३ ख ले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। राप्रपा प्रदेश ख का अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन प्रमुख अतिथि रहेका थिए। पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष लिङदेनले आगामी दिनमा चुनाव केन्द्रित भएर लागि पर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए। लिङदेनले झापा क्षेत्र नं ३ बाट चुनावमा उठ्ने घोषणा गरिसकेका छन् भने हाल झापाका विभिन्न ठाउँहरूमा कार्यकता भेटघाट तथा कार्यक्रमहरूमा व्यस्त रहेका छन् ।
प्रशिक्षण कार्यक्रममा राप्रपा सहायक महामन्त्री रमानन्द न्यौपानेले धर्मनिरपेक्षता, हिन्दुराष्ट्र एवंम राजसंस्थाको बारेमा राप्रपाको एजेण्डा प्रस्तुत गरेका थिए।
यसैगरी आगामी निर्वाचन लक्षित गरेर चुनाव कसरी जित्ने भनि चुनावी रणनीति र बुध व्यवस्थापन विषयमा” बुध सुरक्षित,जित सुनिश्चित” भनि केन्द्रीय प्रशिक्षण विभाग कि सदस्य खुस्बुले ओली प्रशिक्षण दिएकी थिइन्।उनले चुनावमा कसरी भाग लिने,कसले के जिम्मेवारी लिने, दायित्व के हो र कसरी पूरा गर्ने भनि रचनात्मक रूपमा काम गर्न प्रेरित गरेकी थिइन्।
त्यसैगरी पार्टीका प्रवक्ता भक्ति सिटौलाले व्यवहारिक राजनिति विषयमा प्रशिक्षण दिएका थिए। उनले नेता कसरी हुने,असल नेतृत्व कसरी लिने भनि सहभागी प्रशिक्षार्थीलाईहरूलाई बुझाएका थिए।
कार्यक्रमको समिक्षा गर्दै प्रशिक्षार्थीको तर्फबाट बाह्दशी गाउँ कमिटी अध्यक्ष पूर्णबहादुर कटवालले पहिलो पटक पार्टीको प्रशिक्षण लिन पाएको भनि आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए भने आगामी दिनमा गाउँपालिका स्तरमा पनि यस्तो आयोजना गर्ने लक्ष्य राखिएको बताएका थिए।
कार्यक्रमको अन्त्यमा प्रदेश ख का अध्यक्ष रविन्द्र लिङदेनले पार्टीको केन्द्रीय कमिटिबाट भएको प्रशिक्षण अत्यन्तै महत्वपूर्ण भएको धारणा राखेका थिए भने प्रशिक्षकहरु लाई मायाको चिनो वितरण गरेका थिए।
प्रशिक्षणमा सहभागीहरूलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो भने कार्यक्रमको संचालन क्षेत्रिय सचिव खिवराज भट्टराईले गरेका थिए।