भष्ट्राचार हटाउन ,भष्ट्राचारीलाई नो भोट, राजेन्द्र लिङ्देन

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुन गइरहेको प्रदेश र संघीय चुनावमा भष्ट्राचार गरेर देशको अर्थतन्त्र खोक्रो बनाउने कम्युनिष्ट र कांग्रेसलाई हराउन सुवर्ण अवसर आएको बताएका छन् । काँग्रेस र कम्युनिष्ट लगायतका दलहरु सत्तामा बसेर भ्रष्टाचार गरेको भन्दै यसका विरुद्ध आम नेपाली जनताले मत नदिएर ठीक पार्नुपर्ने समय आएको बताएका हुन् । “भष्ट्राचार हटाउन भष्ट्राचारी हटाउन पर्ने र त्यसका लागि आगामी चुनाव मै मत बदल्न आग्रह गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं १ ले सोमबार चारआलीमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले अब पनि तिनै काँग्रेस र कम्युनिष्टलाई मत दिएर जिताउने हो भने मुलुकको विकास सम्भव नहुने जिकीर गरे । ‘हामीले काँग्रेस र कम्युनिष्टले सत्ता चलाएको हेरेर अहिलेसम्म बसिरहेको र उनीहरुबाट परिवर्तन सम्भव शून्य भएको भन्दै परिवर्तनका लागि अब नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताएर परिवर्तन महसुस गर्न आम मतदातासमक्ष अपिल गर्दछु ।’

अध्यक्ष लिङ्देनले अबको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई असफल हुने छुट नभएको बताए । राप्रपा असफल हुनु भनेको भष्ट्राचार बढेर जानु र देशको अर्थतन्त्र श्रिलंकाको हालतमा पुग्ने भन्दै उनले देशका लागि योगदान गर्न र भष्ट्राचारी सुधार्न पनि यो चुनावमा हलो चिन्ह रोज्न अपिल गरेका थिए।

आमसभालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्धको महान अभियानमा जोडिन आग्रह गरे । उनले अबको चुनावमा भ्रष्टाचारी नेतालाई परास्त गर्ने तागत मतदाताले देखाउनु पर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताए मात्रै समृद्धि हासिल हुने दाबी समेत गरे ।

यसैगरी युवा पण्डित पुष्कर खतिवडाले आफ्नो धर्म र संस्कृति को रक्षाको लागि अव राप्रपा को विकल्प नभएको बताएका थिए।

क्षेत्रीय अध्यक्ष अशोक सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा दमक नगरका मेयर राम थापा, अमर विष्ट, अन्जार आलम, जिल्ला अध्यक्ष केशवराज ओझा, प्रदेश सदस्य दिपेश राई ‘गोरे भाई’ लगायतको आतिथ्यता रहेको थियो । नगर सचिव विशालकृष्ण बाँस्तोलाले सञ्चालन गरेको कार्यक्रममा नगर अध्यक्ष सविना बजगाईंले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता ऊद्वव शिवाकोटी, माओवादीका दिलकुमार राजवंशी सहित करिब ३०० जनाले पार्टी प्रवेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...