झापा। हल्दिवारी गाउँपालिका वडा नं ४ को आयोजना र वडा भित्रका विभिन्न संघ संस्था को सामूहिक सहकार्य मा बडावारी बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक/ सार्वजनिक सरसफाई कार्यक्रममा हल्दिवारी वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा को अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनाली, अतिथि हरू ज्येष्ठ नागरिक सहकारी का अध्यक्ष ओमकृष्ण सिलवाल, जलथल प्रहरी चौकी इन्चार्ज फडिन्द्र अधिकारी, महेन्द्र माध्यमिक विद्यालय प्र.अ चक्र बस्नेत,बडावारी बजार व्यवस्थापन समिति कोषाध्यक्ष सर्मिला लामिछाने, समाजसेवी एकराज रानामगर, लक्ष्मीप्रसाद ओली लगायत रहेका थिए। ४ नं वडा भित्रका टोलविकास , स्वास्थ्य चौकी, बजार व्यवस्थापन समिति लगायत विभिन्न संस्था र सरोकारवालाहरूको सहभागिता रहेको थियो। औपचारिक कार्यक्रममा बोल्दै बजार व्यवस्थापन समिति कोषाध्यक्ष लामिछानेले अवका दिनमा बजार वाट हुने फोहोर व्यवस्थापन गर्न व्यापारीहरु साथै सर्वसाधारणले सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन्। सामुदायिक वन का अध्यक्ष पौडेलले स्थानीय निकायको यो काममा वन समूहले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए भने स्वास्थ्य चौकी इन्चार्ज ढकालले स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने फोहोर व्यवस्थापन कार्यमा सदैव सहकार्य गर्ने
वचनबद्धता जाहेर गरेका थिए।
कार्यक्रममा वडा कार्यालय वरिपरी,बडावारी बजार सरसफाई गरिनुका साथै ठाउँ ठाउँमा डस्विन राखिएको थियो भने बजारमा पसल गर्ने तथा सर्वसाधारणलाई बजार वरिपरि हुने फोहोरलाई व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह गरिएको थियो।
कार्यक्रमको अन्त्यमा वडाध्यक्ष थापाले हल्दिवारीलाई स्वच्छ र सफा राख्न सबैको साथ र सहयोग रहनुपर्ने धारणा राखेका थिए भने सम्रग हल्दिवारीको विकासका लागि वडा कार्यालयले सके सम्म कोशिस गर्ने र सरसफाई लाई अभियान को रूपमा अघि बढाउने बताएका थिए। कार्यपालिका सदस्य भावना दाहालले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।