झापा। राष्ट्रिय प्रकृति संरक्षण कोष र हल्दिवारी गाउँपालिका को संयुक्त आयोजनामा जलथल वन क्षेत्र वरिपरि को मुख्य समस्याको रुपमा रहेको मानव हात्ती द्धन्द न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र न ३ का माननीय सांसद राजेन्द्र प्रसाद लिङ्देन , अतिथिहरूमा राष्ट्रिय प्रकृति संरक्षण कोष का सदस्य सचीव सरदचन्द्र अधिकारी , सदस्य स्वाती थापा,जलथल सव डिभिजन कार्यलय प्रमुख दिपकसेन भण्डारी, हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ लगायत रहेका थिए भने जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि हरू लगायतको उपस्थिति रहेको थियो।
जैविक विविधता ले भरिएको जलथल वनमा कसरी मानव वन्यजन्तु को द्धन्द न्युनिकरण गर्ने, वन्यजन्तु संरक्षण गरि पर्यटकिय क्षेत्र को रुपमा बिकास गर्ने,हात्ती रोकथाम तथा नियन्त्रण का लागि जडान गरिएको सौर्य तारबार को मर्मत तथा सुरक्षा को बिषय मा सहभागीहरूले प्रश्न राखेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले “वनविज्ञान का विधार्थीहरुको लागि थेसिस लेख्ने तथा अध्ययन गर्न लाई विश्वविद्यालय जस्तै रहेको जलथल वनलाई प्रयोग र प्रचार मा ल्याउन तथा मानव वन्यजन्तु र मानव द्वन्द न्युनिकरण का कुनै कसुर बाँकी नराख्ने ” भन्दै सरकार तथा राष्ट्रिय प्रकृति संरक्षण कोष लगायत का सरोकारवालाहरू संग छलफल भइरहेको भन्दै छिट्टै काम अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। हल्दिवारीको अमूल्य प्राकृतिक सम्पत्ति जलथल वन भएको भन्दै उनले सबैको हातेमालो आवश्यकता भएको औल्याएका थिए।
यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोष का सदस्य सचिव अधिकारी ले जलथल वन को स्थलगत भ्रमण गरेको र यो क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका थिए। यस्तै सदस्य थापाले निति निर्माण गर्ने पक्षसँग बसेर यो क्षेत्र को अझै विकास निर्माण का लागि कार्ययोजना बनाउने धारणा राखेकी थिइन् भने सहभागी का तर्फवाट पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चिरन्जीवी पौडेल ले दक्षिण एसियामा नै विविधता भएको वनको वारे बुझ्न ढिलो भएको भन्दै राज्यले प्राकृतिक सम्पदाको संरक्षण मा लगानी बढाउनु पर्ने धारणा राखेका थिए।
सव डिभिजन प्रमुख भण्डारीले बिगतमा पनि तारवार बाट हातीको समस्या केही कम भएपनि सामान्य बिग्रेको मर्मत गर्ने र संरक्षण को जिम्मेवारी कसैलाई नदिदाँ यसको प्रभावकारिता घटेको टिप्पणी गरेका थिए।
कार्यक्रमको अन्त्यमा बोल्दै गाउँपालिका अध्यक्ष लिङदेनले “हामीसँग भएको तर अरूसँग नभएको यो महत्वपूर्ण प्राकृतिक सम्पदाको संरक्षण र जनताको सुरक्षाका लागि गाउँपालिकाले सरोकारवालाहरू संग समन्वय गर्ने र मर्मत सम्भार को जिम्मा गाउँपालिका ले लिने बचनबद्धता जनाएका थिए। प्रकृति संरक्षण कोष का पदाधिकारी सहित गाउँपालिका का जनप्रतिनिधिहरुले जलथल वन को अवलोकन गरेर सरोकारवालाहरूसँग अन्तरकृया गरेको कार्यक्रमको संचालन हल्दिवारी गाउँपालिका प्रशासन शाखा प्रमुख राजन न्यौपाने ले गरेका थिए।
