झापा। बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम हल्दिवारी गाउँपालिकामा आज सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ,सबै वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरू,, उज्यालो बालकल्ब का अध्यक्ष अनुप सशांखर ,विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरू, विधालयका प्र अ हरू, हल्दिवारी गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिदै बालमैत्री विज्ञ सुमन ढकालले बालबालिका भनेको को हो?उनीहरूको मौलिक अधिकार के हो?समाजमा बालबालिकालाई कस्तो व्यवहार गर्नुपर्छ लगायतका व्यवाहारिक कुराहरुका विषयमा जानकारी गराएका थिए।
यस्तै बालमैत्री स्थानीय तह बनाउन आवश्यक पर्ने सूचकहरुको बारेमा पनि अवगत गराइएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले अव हरेक स्थानीय तह बालमैत्री हुनुपर्ने भन्दै जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई यसको बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए।
अभिमुखीकरण कार्यक्रम पश्चात सहभागीहरूका तर्फबाट बोल्दै हल्दिवारी नमुना मा वि का प्र अ टंक पाख्रिनले हल्दिबारी गाउँपालिकालाई बालमैत्री बनाउन विद्यालयले गर्नुपर्ने सबै कर्तव्य पूरा गर्ने प्रतिबद्धता जनाएका थिए भने नेकपा एमाले हल्दिवारीका अध्यक्ष त्रिलोचन सापकोटाले आफू जनप्रतिनिधि हुँदा बालबालिकाको क्षेत्रमा सधै सहयोग गरेको र अहिले पनि गाउँपालिकालाई गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको धारणा थिए। यस्तै वडा नं ५ का वडाध्यक्ष खड्ग लावतीले बालमैत्री को बारेमा धेरै कुरा सिक्ने अवसर मिलेको र सिकेको कुरा व्यवहारमा उतार्ने बताएका थिए। उज्यालो बालकल्बका अध्यक्ष अनुप साशंकरले हल्दिबारी गाउँपालिकाले आयोजना गरेको कार्यक्रम प्रति धन्यवाद ज्ञापन गर्दै बालबालिकाको सर्वाङ्गीण विकासको लागि विभिन्न कार्यक्रम मार्फत सहयोग गर्न आग्रह गरेका थिए।
कार्यक्रमको अन्त्यमा बोल्दै गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले हल्दिबारी गाउँपालिकालाई वि .स २०८१ पौष मसान्त सम्ममा बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमको अन्त्यमा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न आवश्यक बुदाहरू समेटिएको पोस्टरमा अध्यक्ष, उपाध्यक्ष, उपस्थित जनप्रतिनिधिहरू, बालबालिका, शिक्षक, कर्मचारीहरु सबैले ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए। कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।