कचनकवलमा महिला माथी निर्घात कुटपिट, जाहेरि लिन मान्दैनन प्रहरी

1,753 views

झापा। झापा जिल्लाको कचनकवल गाउँ पालिका वडा नं ५ निवासी १५ महिने छोरिकी आमा फुलमन निशा माथी सोही वार्ड बस्ने मकबुल हुसेन, मजरुद्दिन मिया लगायतले २ कर्तिक दिउँसो करिब १२ बजे तिर आक्रमण गरि निर्घात कुटपिट गरेका थिए।

Advertisement

कुटपिट भएकी फुलमनको उपचारका निमित्त ओम साइ पाथिभरा हस्पिटल भद्रपुर लगिएको छ भने सोही दिन इलाका प्रहरी कार्यलयमा निवेदन दिइएको थियो। घाइतेको उपचार गराउन पनि चासो नदिएका दुई ब्याक्तीहरु स्थानिय वार्ड नं ५ वार्ड अध्यक्ष नुर आलमको रोहवरमा छोडिएको थियो। घाइते फुलमनको उपचार गराउन पर्ने र पिडक लाई कानुनि कारवाही गराउनु पर्ने माग राख्दै स्थानिय हरुले सोही दिन पाठामारी चौकिमा दवाब दिएका थिए। सोही दिन पक्राउ गर्न भनी प्रहरी गए पनि कुटपिट गर्ने द्वय भागेका थिए ।

हाल प्रहरिकोमा रहेका मकबुल र मजरुद्दिन बिरुद्द जाहेरी दिन खोज्दा जिल्ला प्रहरी कार्यलय चन्द्रगढिले जाहेरी लिन नमानेको र जबर्जस्ति मिल्न दवाब दिई रहेको छ। घाइतेलाइ पाथिभरा अस्पतालले डिस्चार्ज लेखेता पनि घाइतेको अवस्था गम्भीर भएको र खाना खान नसक्ने, राम्ररी बोल्न नसक्ने उनका पनि अस्पाक आलमले बताएका छन। हिजो देखि नै निरन्तर जाहेरी दिन प्रहरी कार्यलय गएता पनि प्रहरिले जाहेरी लिन मानी रहेको छैन साथै घाइतेको थप उपचार गराउन, बि एण्ड सि हस्पिटल बिर्तामोड लाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search