झापा।हल्दिबारी गाउँपालिका भित्र जम्मा १७ वटा सरकारी विद्यालय रहेका छन्।

जसमध्ये दुईवटा विद्यालयमा प्र अ देखि कार्यालय सहयोगी सम्म महिला रहेका छन्। ति हुन हल्दिबारी १ मा रहेको दुर्गादेवी आ.वि तथा हल्दिवारी ३ मा रहेको रामेश्वर आधारभूत विद्यालय ।

यि दुईवटा विद्यालय मध्ये आज कुरा गरौ रामेश्वर आधारभूत विद्यालयको
वि .सं २०३९ सालमा स्थापना भएको रामेश्वर आ वि को पुरानो नाम रामज्योती प्रा वि हो। साविक जलथल १ मा पर्ने यो विद्यालयमा करिब १० वर्ष अघिसम्म पनि विधार्थीहरुको चाप रहेको थियो । तर विस्तारै खस्किदै गयो अवस्था कारण थियो निजि विद्यालय तर्फ अभिभावक को ध्यान जानु । नानीहरूको शैक्षिकस्तर राम्रो बनाउन खाईनखाई संस्थागत विद्यालयमा पठाउन अविभावक को रहर मात्र नभएर बाध्यता पनि थियो। बढ्दो अंग्रेजी शिक्षाको माग तथा प्रतिस्पर्धाको समयमा सबैलाई आफ्नो सन्तान राम्रो पढुन् भन्ने लाग्नु असामान्य पक्कै होइन।तर ईतिहास बोकेको विद्यालय संरक्षण गर्न त्यहाँका बुद्धिजीवी तथा अभिभावकहरूको भूमिका अहम रहेको छ।
दिनप्रतिदिन विधार्थीको संख्या घट्दै गएपछि यो विद्यालयलाई अर्को विधालयमा मर्ज गर्ने कुरा सम्म बाहिर आएको थियो।तर वर्षौ पुरानो विद्यालय मास्ने पक्षमा त्यहाँका अभिभावक गएनन् ।
यसैवीच ३ वर्ष पहिले यो विद्यालयमा नयाँ प्रधानाध्यापक भएर आईन मेनका शर्मा दाहाल । जतिवेला विद्यालयमा जम्मा ३० जना विद्यार्थी अध्ययनरत रहेका थिए। विद्यालयको दयनीय अवस्था देख्दा सुरूमा आफू नै के गर्ने भनेर अन्योलमा परेको बताउछिन् उनी।
विद्यालयको अवस्था कसरी सुधार गर्न सकिन्छ भनेर अविभावक र शिक्षिकाहरु विच पटक पटक छलफल गरेर विद्यालयमाअंग्रेजी माध्यमबाट पठनपाठन गर्ने सल्लाह गरेर गाउँपालिकाको सहयोगमा अंग्रेजी माध्यम सहित अतिरिक्त कृयाकलाप गर्ने गराउने भनि नयाँ सोचबाट अलिकति व्यवस्था परिवर्तन गरेर विद्यालय सुधारको काम अघि बढाइएको थियो।
विभिन्न चाडपर्व तथा दिवशहरूमा कार्यक्रम तथा सामान्य ज्ञान लगायतका गतिविधि गर्न गरिएको छ ।
अभिभावकहरूले पनि संस्थागत विद्यालयमा भएका आफ्ना नानीहरू यो विद्यालयमा भर्ना गरीदिए भने विधालयले नयाँ भर्ना अभियान नै चलायो ।
बढेको विधार्थी संख्यालाई सरकारले ल्याएको विधार्थी खाजा कार्यक्रमले पनि थप सहयोग पुगेको विद्यालय की अर्की शिक्षिका सुमन योङहाङको अनुभव रहेको छ। पढ्न पनि पाइने खाजा पनि भएपछि नियमित रूपमा विधार्थी आउन थालेको बताउछिन् उनी।
सुधारिएको व्यवस्थापन, दैनिक खाजा, अतिरिक्त कृयाकलापका कारण विद्यालय नयाँ रूपमा स्थापित हुन पुग्यो।हाल यो विद्यालयमा ११२जना विद्यार्थी अध्यनरत रहेका छन।
विभिन्न दाताहरूवाट सहयोग लिएर अघिल्लो वर्ष जाडोमा विधार्थीहरुलाई न्यानो कपडा , जुत्ता वितरण गरिएको र आगामी दिनका लागि पनि पहल गरिरहेको प्राधानाध्यापक दाहालले बताईन। यसैगरी सुधार अन्तर्गत भवन निर्माण, मर्मत तथा शौचालय पनि गाउँपालिकाको तथा प्रदेश सरकारको सहयोगमा गरिएको छ।
अर्को रोचक कुरा के छ भने ३ जनाको दरबन्दी भएको विद्यालयमा हल्दिबारी गाउँपालिकाले करारमा २ जना शिक्षिका दिएको छ भने बालशिक्षिका र १ जना विद्यालय सहयोगी पनि महिला नै रहेकी छिन्।
नमुना विद्यालय बनाउन पहल गरिरहेको बताउँदै दाहाल ले विद्यार्थी, अभिभावक, शिक्षिकाहरू साथै गाउँपालिका प्रति खुसी व्यक्त गरेकी छन्।स्मरणीय कुरा हल्दिबारी गाउँपालीका मा कक्षा१२सम्म निशुल्क शिक्षा कार्यक्रम लागु गरिएको छ।







