आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन अहिले सत्तारूढ गठबन्धनमा रहेका र बाहिरका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

Advertisement

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतको सरकार बनाउन सत्ता गठबन्धन बाहिर रहेका दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्रधानमन्त्री बन्ने इच्छा र मनसाय प्रकट गरेको भए पनि कांग्रेस ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय भएको महतले बताए।

‘उहाँ (प्रचण्ड) ले इच्छा र मनसाय प्रकट गर्नुभएको छ तर कांग्रेस सबैभन्दा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छ,’ महतले भने।

सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो।

समितिका सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही छन्। यो समितिले संसदीय दलको नेताको चुनाव कहिले गर्ने भनेर मिति तोक्नेछ।

आजको बैठकमा दुई/तीन दिनभित्र संसदीय दलको नेताको चुनाव गर्नेबारे छलफल भएको छ। कांग्रेस संसदीय दलको नेताको चुनाव आउने बुधबार हुने सम्भावना छ।

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search