अर्थतन्त्रबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रबारे चासो राखेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रबारे जानकारी लिएका हुन्।

देशको अर्थतन्त्रप्रति चासो राखेका प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा देखिएका समस्या तत्काल सुधार गर्न निर्देशन पनि दिए।

ब्याजदर घटाउन र मौद्रिक नीतिमा आवश्यक सुधार गरेर तरलता हटाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search