हल्दिबारी ३ को एक घरमा आगलागी, करिब १२ लाखको क्षति

झापा। हल्दिबारी ‌वडा नं को ३ ढडुवा बजार नजिकै आज एक घरमा आगलागी भएको छ।
बजार बाट करिब १०० मीटर दक्षिण रमेश भण्डारी को घरमा दिउँसो को २ बजे भिषण आगलागी भएको थियो । कोही पनि घरमा नभएको बेला भएको आगलागीको कारण विधुत सर्ट हुन सक्ने अनुमान गरिएको थियो।
आगोलाई भद्रपुर वारुण यन्त्र साथै जलथल प्रहरी चौकी , जनप्रतिनिधिहरु, स्थानीय को सहयोगमा नियन्त्रणमा लिएको थियो ।


भण्डारीको परिवार उक्त घरमा नबसे पनि घरमा किरण मगर भाडामा बस्दै आएका थिए । दिउसो को समयमा भएको आगलागीमा परी मगरको लता कपडा, फर्निचर, अन्य सरसामान सहित नगद २० हजार पनि जलेर नष्ट भएको थियो।
दुवै परिवार को गरेर करिब १२ लाख माथिको क्षति भएको  र घरमा कोही नभएको कारण मानविय क्षति नभएको जलथल प्रहरी चौकीले जनाएको छ।

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search