हल्दिबारीमा अपाङ्गता पहिचान शिविर सम्पन्न,४९१ जनाले लिए स्वास्थ्य परिक्षण सेवा

झापा। हल्दिबारी गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर संचालन गरीरहेको हल्दिबारी गाउँपालिकाले आज पाँचौ (अन्तिम ( दिन वडा नं ५ मा शिविर संचालन गर्दै समापन गरेको छ।
आज वडा नं ५ मा ४७ जना पुरुष र २८ जना महिल गरी ७५ जनाले सेवा लिएका छन्।

प्रदेश सरकार, स्थानीय सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरी आवश्यकता पहिचान गरेर उपचार तथा परिचयपत्र का लागि सिफारिस गर्ने गरेका छन्। हल्दिबारीका ५ वटै वडामा संचालन गरिएको
शिविरमा जम्मा ४९१ जनाले सेवा लिएका छन् भने छुटेकालाई पुन खोजी गरिने महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी गराएकी छिन्।
अपाङ्गता भएका व्यक्तिहरूको सजिलै पहिचान गर्ने तथा जिवनयापन सहज बनाउन राज्य बाट पाउने सेवासुविधा लिनबाट कोही बञ्चित नहुन भनेर शिविर संचालन गरिएको पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले बताए।
शिविरमा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, सबै वडाका सबै जनप्रतिनिधिहरू,योजना शाखा प्रमुख राजन न्यौपाने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगर, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडा, करूणा फाउन्डेसनका संजय शर्मा लगायत विशेषज्ञ डा, स्वास्थ्यकर्मीहरू, गाउँपालिकाका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, स्थानीय समाजसेवी लगायतको उपस्थिती र आवश्यक सहजीकरण रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search