हल्दीबारी जेसीजले गरायो- प्री इन्डक्सन एन्ड लोकल अफिसर तालिम

हल्दीबारी झापा । हल्दीबारी जेसीजले 16 January 2025, तदनुसार तदनुसार २०८१ साल माघ ३ गते विहिबारको दिन Pre -Induction & Local Officers’ Tranning (इन्डक्सन एन्ड लोकल अफिसरर्स ट्रेनिङ) सम्पन्न गरेको छ ।


गाउँपालिकाको सभा हलमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथीको आतिथ्यता हल्दिबारी गाउँपलीका अध्यक्ष रबिन्द्र लिङ्देनले गरेका थिए भने विशिष्ठ अतिथी हल्दिबारी गाउँपालीकाकि उपाध्यक्ष    लक्ष्मीदेवि मैनाली लगायत विशेष  अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष सन्त कुमार थापा , मात्री शाखा अध्यक्ष सुजुप सुवेदी , प्रमुख प्रशिक्षक शारदा ढकाल रिजाल , अध्यक्ष सल्लाहकार हिमा मिश्र लगायतको उपस्तिथि रहेको थियो ।

कार्यसमितिका सदस्यहरुलाई जेसीज के हो? र कार्यसमितिमा रहेको सदस्यहरुको काम कर्तव्य र पदीय जिम्मेवारी के हो ? भन्ने कुराहरु बुझाउनका लागि आयोजना गरिएको तालिम कार्यक्रममा कुल २५ जना सदस्यहरु सहभागी थिए । कार्यक्रमको सम्योजक जनसम्पर्क अधिकारी जेसी मिलन बिस्वकर्माले स्वागत गरे सङ्गै जेसीज आस्था उपाध्यक्ष जेसी मन्दिरा घिमिरे र जे.सी.आई मिसन भिजन सदस्य कस्मिता भण्डारीले वाचन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष सल्लाहकार हिमा मिश्र , मात्री शाखा अध्यक्ष सुजुप सुवेदी , वडा नम्बर ४ का अध्यक्ष सन्त कुमार थापा , बिशिष्ठ अतिथी गाउँपालीका उपाध्यक्ष लक्ष्मी मैनाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी लिंग्देन ले हल्दिबारी जेसीजले हल्दिबारीमा उत्साह पुर्ण कार्यहरु गर्दै आएको र यस बाट आफुपनी प्रभावित भएको र यस्तै सकारात्मक कार्य गरेर अघि बड्दै जाने शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रशिक्षण वीरता लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजाल र सहजीकरण मातृशाखा चाराली जेसीजका अध्यक्ष सुजुप सूबेदीले गरेका थिए । तालीम पश्चात् सहभागीबाट कार्यकारिणी उपाध्यक्ष जेसी योगेश कार्की र कानुनी सल्लाहकार जयप्रकाश दाहालले आफ्ना कुराहरु र सिकाईका प्रभावकरिता बारे अनुभव राखेका थिए ।हल्दीबारी जेसीजका कोषाध्यक्ष जेसी अनिल चौहानले धन्यवाद ज्ञापन सहित सभाध्यक्षज्यू को अनुमति लिदै औपचारिक कार्यक्रम समापन भएको जानकारी गराएका थिए । •आशिस राई

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search