झापा हल्दीबारी
– हल्दीबारीमा प्याबसन अन्तर्गत आयोजना गरिएको वार्षिक खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। बडाबारीस्थित पाथिभारा खेल मैदानमा उद्वाटन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

प्यावसन हल्दीबारीका अध्यक्ष याम दंगालको अध्यक्षतामा भएको उद्वाटन समारोहमा प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा रहेका थिए। यसैगरी वडा सदस्यहरू सुरेन्द्र बाह्रकोटी , भगिरथा दाहाल, र शान्ता देवी विश्वकर्मा को विशेष आतिथ्यता रहेको थियो।

जलथल प्रहरी चौकीका इन्चार्ज सञ्जिब चौधरी ,संचारकर्मी आषिष राई लगायत वभिन्न विधालयका शिक्षक शिक्षिका हरु लगायत को उपस्कउपस्थिति रहेको थियो ।

हल्दीबारी गाउँपालिका भित्रका ८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतिस्पर्धामा विद्यार्थीहरू बीच स्वस्थ प्रतिस्पर्धा र खेलप्रति रुचि बढाउने उद्देश्य रहेको छ । प्रतियोगितामा क्रीकेट , भलिबल, कबड्डि र एथलेटिक्स लगायतका विभिन्न खेल समावेश छन्।










