झापा। भद्रपुर नगरपालिका वडा नं ९ को गोवर्दन टोल नै राप्रपा प्रवेश गरेको छ । एउटै टोलका ९७ जना विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका हुन। नवप्रवेशीहरूलाई राप्रपा भद्रपुर नगर अध्यक्ष राजकुमार राईले पार्टी सदस्यता दिएर प्रवेश गराएका थिए।


पार्टी प्रवेशमा रास्वपाका वडा नं ९ का उपसभापति ताराचन राजवंशी, एमालेका युवा नेता राजुसिंह कोइरी लगायत एमाले, कांग्रेस परित्याग गरि धेरैले राप्रपा प्रवेश गरेका हुन।राप्रपाको भष्ट्राचार विरोधी एजेण्डा, राप्रपाले जितेको ठाउँमा गरेको विकास निर्माण , शैक्षिक क्षेत्र सुधार लगायतका कामहरू मन परेर पार्टी प्रवेश गरेको नवप्रवेशी युवा ताराचन राजवंशीले बताए।असल नेतृत्वलाई सहयोग गरे देश निर्माणमा टेवा पुग्ने सोचेर नै रास्वपा त्याग गरेको उनले बताए।कुनैपनि पार्टीमा सदस्यता नलिएका दर्जनौ युवाहरू स्वतस्फुर्त रूपमा पार्टी प्रवेश गरेका छन्।
कार्यक्रममा भद्रपुर नगर सह-सचिव माधव पोखरेल, प्रचार विभाग प्रमुख देबेन्द्र पोखरेल लगायतको उपस्थिति रहेको थियो।










