झापा क्षेत्र नं. ३ को चुनाव सूची सार्वजनिक, कांग्रेसले पठायो १९ जनाको नाम

झापा । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि नेपाली कांग्रेसले झापा क्षेत्र नं ३ बाट प्रत्यक्ष र समानुपातिकतर्फ गरी १९ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ ।नेपाली कांग्रेस क्षेत्र नं ३ ले प्रत्यक्षतर्फ नविन बिमली , भगिरथ पोद्धार , श्याम सिटौला , सर्मिला अधिकारी , सीताराम खड्का , टीकाराज ढकाल , राजेन्द्र घिमिरे र देउप्रसाद लिम्बू गरी ८ जनाको नाम पठाएको छ ।

Advertisement

त्यस्तै समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको छ । सुशिला ढकाल , बडाराम हेमरम , लालबहादुर कन्दङ्वा , सीता तामाङ , खड्गप्रसाद राजवंशी , कृष्णकली राजवंशी , हरिकृष्ण घोष , सीता भट्टराई , लता कार्की , उर्मिला गौतम र सेलेतुन खातुनको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले बताए ।

त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि दयानन्द गोस्वामी , ओम सरावगी र प्रेमविक्रम भट्टराईको नाम पठाइएको क्षेत्रीय सभापति पोखरेलले जानकारी दिएका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search