- नेपाली कांग्रेस हल्दिवारीले चुनावी प्रचार प्रसार मा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । पाँचैवटा वडाहरूमा कार्यकर्ताहरूको उल्लेखिय उपस्थिति रहेकोले पनि जनताहरूले यसपाली कांग्रेसको सरकार बनाउन चाहेको हल्दिवारी गाउँपालिका नेपाली कांग्रेसका उपसभापति एवम् वडा नं ४ का वडाध्यक्षका उम्मेद्वार होम चुडालको भनाई रहेको छ।
वडा नं २ का वडाध्यक्षका उम्मेद्वार कृष्णप्रसाद प्रसाईले आफूले जितेको खण्डमा जनताको हितविपरीत कुनै काम नगर्ने भन्दै भोट दिन अपिल गर्नुभएको छ। वडा नं १ मा रत्नबहादुर अधिकारी सहितको टिम चुनावी मैदानमा रहेको छ भने वडा ३ मा ईन्द्र बहादुर वन सहितका उम्मेद्वार घरदैलोमा छन्। अघिल्लो निर्वाचनमा झिनो मतले हार बेहोरेका खडग् लावती यसपाली जित हासिल गरि समग्र हल्दिवारी ५ को विकास मा आफ्नो देन दिन लागिपर्नु भएको छ । गाउँपालिका अध्यक्षका उम्मेद्वार तुलसीप्रसाद ओलीले आफ्नो नेतृत्वको सवै टिम युवा भएकोले पनि एकपटक अवसर दिन हल्दिवारीवासी संग अनुरोध गर्नूभएको छ।
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026