राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट हल्दिवारी गाउँपालिका को अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको रविन्द्र प्रसाद लिङदेनले पुन एकपटक आफुलाई अमूल्य मत दिई बिजयी गराउन सम्पूर्ण हल्दिवारीवासी संग अनुरोध गर्नूभएको छ। २०७४ को निर्वाचनमा अध्यक्षमा निर्वाचित लिङदेन जनतामाझ लोकप्रिय रहनुभएको छ।
पाँच वर्षको कार्यकालमा पूरा गर्न बाँकी रहेका कामहरु पूरा गर्न पनि आफूले जित्नैपर्ने उहाँले बताउनुभयो। समग्र हल्दिवारी को विकासको काम सुरु भएपनि कोभिड १९ का कारण धेरै काम अधुरा रहेको छन्। अघिल्लो पटक आफू अध्यक्ष भएपनि बहुमत नभएका कारण सोचेजति परिणाम ल्याउन अप्ठ्यारो भएकाले यसपटक राप्रपा को सम्पूर्णटिमलाई जिताईदिन भन्दै उहाँले जनताको मत खेर गएको अनुभव हुन नदिने बताउनुभएको छ ।
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026