यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु

215 views

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो । चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

Advertisement

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक(पटक गाडीहरू खोलामा खस्ने गरेका छन्। बिहानको समयमा चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search