प्रदेश नं १ सरकारले आज अपराह्न २ बजे आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सरकारको यो १०औँ तथा बजेट अधिवेशन हो । प्रदेशसभा गठन भएपछि प्रदेश सरकारको कार्यकालको यो अन्तिम बजेट अधिवेशन हो । नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलपछि आगामी असार १ गते आव २०७९÷८० लागि सरकारले अनुमानित आयव्यय बजेट सार्वजनिक गर्ने र यसका लागि बजेट निर्माण भइरहेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । सरकारले यस वर्ष करिब रु ३२ अर्ब हराहारीको बजेट ल्याउन लागेको मन्त्रालयका सचिव सुमन दाहालले जाननकारी दिनुभयो । अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र जनताको आवश्यकता एवं चाहनामा केन्द्रित भएर बजेट निर्माण गरिरहेको तथा यसका लागि निजी क्षेत्र, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थासँग छलफल एवं राय र सुझाव सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026