आगोले जलेर गम्भीर घाइते भएकी झापा हल्दिवारी २ कि सुस्मिता राजवंशीको उपचारको लागि सामाजिक सञ्जालवाट संचालन गरेको “सुस्मिता राजवंशी बचाऊ अभियान” मार्फत संकलन भएको रकम आज हस्तान्तरण गरिएको छ । अहिले सम्म संकलन भएको रू १ लाख ६८ हजार ७ सय ८२ रुपैया आज सुस्मिताका आमा देववती चौधरी र श्रीमान प्रकास राजवंशीलाई उनकै घरमा पुगेर हल्दिवारी उधोग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद प्रसाईं, समाजसेवी गंगा प्रसाई,प्रर्शुराम बजगाई तथा अभियानका अभियान्ता भिमराज फ्याकले वितरण गरेका छन् ।
आर्थिक स्थिति अत्यन्तै निम्न रहेको राजवंशी परिवारका लागि हल्दिवारी २ का समाजसेवी भिमराज फ्याकले “सुस्मिता राजवंसी बचाउ अभियान ” चलाएका थिए। उनका अनुसार देश तथा बिदेशमा रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुबाट उक्त रकम उपलब्ध भएको हो । जेठ १२ गते बिजुली बत्ती गएपछि राती नानी रोईकराई गर्यो भने हेर्न सहज होस् भनेर टुकी बालेर सुतेको बेला करिब १० बजे टुकीबाट अचानक सल्केको आगोले आगोले उनि सख्त घाइते भइन भने बुवा संग सुतेको कारण ७ महिनाको छोरो यो दुर्घटनाबाट बाँच्न सफल भएको छन । गम्भीर घाइते सुस्मिताको बिराटनगरको म्याक्स अस्पतालमा उपचार भइरहेको छ भने नेपाली कांग्रेस का नेता कृष्ण प्रसाद सिटौला को पहलमा बिराटनगर महानगरपालिका पुर्व मेयर तथा ने.का को केन्द्रिय सदस्य भिम पराजुलीको पहलकदमि र म्याक्स अस्पताल प्रशासन संग छलफल गरि छलफल हुनु अघि भुक्तानी गरेको २ लाख ४०हजार बाहेक अब लाग्ने सम्पुर्ण खर्च अस्पताल ले उपचार गर्ने गरि उपचार भइरहेको पनि
अभियानकर्ता फियाकले जानकारी गराएका छन् भने परिवारले सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्।
मनकामनाबाट फर्केको माइक्रो दुर्घटना , ६ जनाको मृत्यु
March 14, 2026
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026