एउटै चुनाव चिह्‍न र घोषणापत्रमा चुनाव लड्ने माओवादी र समाजवादीबीच सहमति

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच  प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरेर जाने सहमति भएको छ। विभिन्न चरणमा भएको छलफलपछि एउटै चुनाव चिह्न र घोषणापत्र बनाएर चुनावमा जाने सहमति दुई पार्टीबीच भएको हो।

चुनाव चिह्न, घोषणापत्र, साझा समानुपातिक सूची बनाएर चुनावमा जाने सहमति भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। उनले चुनावमा मिलेर जाने लगभग सहमति जुटेको र आज पार्टीले अनुमोदन गर्न बाँकी रहेको बताए।

मौखिम सहमतिपछि आइतबार दुई दलबीच छलफल भइरहेको छ। सोमबार औपचारिक निर्णय गरेर दल दर्ताका लागि संयुक्त रूपमा निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ।

पार्टी एकताका लागि पनि छलफल भएकोमा एकताबारे भने केही निर्णय नभएको जानकारी उनले दिए। दुई दलका शीर्ष नेताबीच लामो समयदेखि छलफल चलिरहेको थियो। छलफलका क्रममा चुनावी साझा चिह्न हँसिया हथौडा हुने सहमति समेत जुटिसकेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search