हल्दिवारीका सबै घरलाई दस हजार लिटर सम्म खानेपानी निशुल्क

2,696 views

झापा। हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी ” भन्ने नारा हल्दिवारी गाउँपालिका ले असोज १ गतेबाट लागु गर्ने भएको छ। हल्दिवारी गाउँपालिका का अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा आज भदौ ०९ गते बसेको कार्यपालिका बैठकले १०,००० लिटर सम्म खानेपानी सबै जनताको लागि निशुल्क दिने निर्णय गरेको छ।आ व २०७९/८० को निति तथा कार्यक्रममा व्यवस्था गरिएको “हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी ” नारा स्विकृत भई खानेपानी को धारा जडान गरिएको सबै घरमा न्युनतम दस हजार लिटर सम्म प्रयोग गरेबापत लाग्ने शुल्क गाउँपालिका भित्र संचालन रहेका खानेपानी उपभोक्ता समितिहरूलाई मासिक रुपमा खानेपानी संरचना निर्माण तथा सुधार कार्यक्रम शिर्षकबाट भुक्तानी दिने निर्णय भएको गाउँपालिका प्रवक्ता  देवी बहादुर थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search