झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ कमिटी हल्दिवारीले एक प्रेस विज्ञप्ति जारी गरि योगेन्द्र खनाल नेपाली लाई सचेत गराएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको काे युवक संगठन तथा केन्द्रीय कार्यसमितिको सदस्य भएको भनि झुटो प्रचारप्रसार र तथ्यहिन तथा निराधार कुराहरु विभिन्न संचार माध्यम मा गरेर पार्टीको बदनाम गर्न खोजेको भनि अव उप्रान्त त्यस्तो झुटो प्रचार नगर्न आग्रह गरेको छ। गाउँ कमिटी अध्यक्ष एकराज रानामगरले प्रकाशन गरेको विज्ञप्तिमा आगामी दिनमा फेरि यस्ता अनावश्यक र झुटो कुरा गरेर हिडेको पाईएमा पार्टीले कारवाही गर्न बाध्य हुने जनाइएको छ । स्वतन्त्र तरिकाले काम गर्ने अधिकार सबैलाई भएपनि निज व्यक्ति ले पार्टीका नेता कार्यकर्ता हरूलाई बारम्बार प्रहार गरेको ले अव उप्रान्त त्यस्तो नगर्न चेतावनी दिएको पार्टीले जनाएको छ ।
मनकामनाबाट फर्केको माइक्रो दुर्घटना , ६ जनाको मृत्यु
March 14, 2026
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026