झापा। हल्दिबारी राप्रपाको आकस्मिक बैठक गाउँ कार्यसमितिका अध्यक्ष एकराज राना मगरको अध्यक्षतामा सम्पन्न भएको छ। प्रमुख अतिथि राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन को प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अतिथिमा राप्रपा जिल्ला सदस्य तथा हल्दिबारी गाउँपालिका उपाध्यक्ष श लक्ष्मी देवी मैनाली , क्षेत्रीय अध्यक्ष तुलसा आचार्य , क्षेत्रीय सचीव खिबराज भट्टराई , क्षेत्र नं ३ ख का अध्यक्ष तथा हल्दिबारी गाउँपालिकाका प्रमुख रबिन्द्र प्रसाद लिङ्देन, प्रदेश सदस्य जनक तामाङ , वडा न. ४ का वडा अध्यक्ष सन्त कुमार थापा , राप्रपा पार्टीबाट निर्वाचित कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, पार्टीका वडा र जनवर्गीय सगठनका संयोजक र सदस्यहरु लगायत पार्टीको वडा/गाउँ/ कार्यसमिति सदस्यहरुको उपस्थितिमा विषेशगरि संघिय र प्रदेश स्तरीय चुनाव लक्षित पाँच बुँदामा छलफल र निर्णय गरेको छ ।
बैठकले निर्वाचन परिचालन समिति ,
चुनाव प्रचारप्रसार समिति ,
आर्थिक समिति , बुथ कमिटी निर्माण समिति , जनसम्पर्क समिति गठन गर्ने निर्णय गरेको अध्यक्ष रानाले जानकारी दिएका छन्।
कार्यक्रमको अन्त्यमा बोल्दै केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन चुनाव नजिक आइरहेको ले सभ्य तरिकाले चुनाव प्रचार प्रसार मा लाग्न साथै चुनावी गतिविधि बढाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए। कार्यक्रम संचालन पार्टीका सचिव प्रलाद सिलवालले गरेका थिए ।