झापा।हल्दिबारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रमवाट स्विकृत भएको “हाम्रो लगानी घरघरमा स्वच्छ खानेपानी” कार्यक्रम अन्तर्गत मिति २०७९ भदौ ९ गतेको कार्यपालिका को निर्णय अनुसार खानेपानी धारा जडान गरिएका सबै घरधुरीलाई १० हजार लिटर सम्म निशुल्क खानेपानी कार्यक्रम आज कार्तिक २ गते सम्झौता भएको छ।



हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ र खानेपानी तथा सरसफाई उपभोक्ता समिति हल्दिबारी ४ का अध्यक्ष नवराज खरेल बिच आज सम्झौता भएको हो।
कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयन पश्चात अव हल्दिबारीका खानेपानी उपभोक्ताले १० हजार लिटर सम्म निशुल्क प्रयोग गर्न पाउने छन्, जसबाट नागरिकहरुलाई राहत महशुस हुने गाउँपालिकाले अपेक्षा गरेको छ। तोकिएको भन्दा बढी पानी प्रयोग भएमा चलिआएको दररेट लाग्ने पनि जनाइएको छ।





