सम्पन्न भयो पाथीभराको रमाइलो मेला

झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ मा अवस्थित पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकिय विकास क्षेत्र ले मिति २०७९/०७/०६ गते देखि मिति २०७९/०७/१४ गते सम्म आयोजना गरेको पाथिभरा पर्यटकिय रमाईलो मेला सभ्य अनि भब्य रुपमा सहजतापुर्वक सम्पन्न्न भएको छ ।


पाथीभरा क्षेत्रको प्रचार प्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने मुख्य उद्देश्यले मेला आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव अनिल चौहानले जानकारी गराएका छन्

Advertisement

यस मेलालाई सम्पन्न गर्न अहोरात्र खट्ने जलथल प्रहरी चौकी परिवार, लक्ष्मी जब एण्ड सेक्रेटेरी प्रा.ली, स्वयंसेवकहरू, मेला व्यवस्थापक श्री गणेश राउत , YT Dance Group Itahari, क्वालिटी साउण्ड सेट हल्दिबारी साथै मेलामा उपस्थित हुने सम्पूर्ण दर्शकहरु , विभिन्न संघसंस्थाहरु, पत्रकारहरु,हल्दिबारी गाउँपालिका को कार्यालय, वडा नं ४ को कार्यालय लगायत सम्पूर्णलाई मेला आयोजक कमिटीका अध्यक्ष एकराज रानामगरले धन्यवाद ज्ञापन गरेका छन्।
विभिन्न कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक पस्तुती दिएको कार्यक्रमको संचालन देवीका अधिकारी र योगेश कार्कीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search