होचो कद , उच्च ख्याति

उपेन्द्र शाह,

Advertisement

समय परिवर्तनशिल छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन। हामीले सजिलै बुझ्न सक्छौ र अहिले घटेको घटनाक्रमले पनि हामीलाई प्रष्ट पारेको छ। जुन एजेण्डाले देशको सारा राजनिति हल्लाईदियो त्यो त्यति सजिलै यहाँसम्म आइपुगेको होत ? प्रश्न यहाँ खडा हुन्छ ।एक समय थियो देशमा कथित परिवर्तनको नारा देशभरि गुन्जिएको अबस्था थियो,देश अगाडि बढेको चर्चा थियो तर त्यहि हल्ला र चर्चाको भिडमा कतै कुनामा एउटा सानो कद तर विशाल हृदय भएको जनजातिको छोराले अठोट गरेको थियो देशलाई निकाश दिने भनेकै हिन्दूराष्ट्र र राजसंस्था नै हो भनेर । यसो सम्झिदा त्यो बेलाको परिदृश्य कस्तो पागल कुरा गरेको जस्तो लाग्ने ,कस्तो असम्भव विचार व्यक्त गरेको जस्तो लाग्ने मात्र होइन कि यो त पागलनै भयो जस्तो भनेर भन्ने त्यो समयमा हिन्दूराष्ट्र र राजसंस्थाको वकालत गर्नु उनको महान् सोचलाई हृदय देखिनै सम्मान र नमन् । भन्छन् नि सत्य जहिले पनि अल्पमतमा हुन्छ उ एक्लै हुन्छ ऊ फरक हुन्छ र अन्त्यमा जित सत्य कै हुन्छ । सत्यता को लडाईको हारजित हामी महाभारतको लडाई बाट पनि सजिलै बुझ्न सक्छौ । जहाँ पाण्डव पक्षको योद्धा भन्दा कौरव पक्षको योद्धा बढि शक्तिशाली थिए तर पाण्डव सत्यको पक्षमा उभिएको थिए कौरव असत्यको पक्षमा त्यसकारण जित पाण्डवको भएको थियो र स्वयम नारायण (कृष्ण) उनको सारथि थिए। तसर्थ राजेन्द्र लिङ्देन कुन माटोबाट बनेको होला जस्तो पनि लाग्ने उनको अठोट देख्दा, उनको हिम्मत देख्दा । त्यो अदम्य साहस देख्दा र यो देश बन्ने भनेकै हिन्दूराष्ट्र र राजसंस्थाको जगमा उभिएर मात्र बन्न सक्छ भन्ने कुराको उनको विचार सम्झिँदा साच्चै नै अदम्य साहसको धनी व्यक्तित्व हो भन्ने कुरामा विमति जनाउन सायदै कोहि भेटिएला र यो सत्य पनि साबित हुँदै गइरहेको छ । हिन्दु राष्ट्रको कुरा गर्नु र राजसंस्थाको वकालत गर्नु भनेको ठूलै अपराध गरेको जस्तो सोचिने त्यसबेलाको समाजबाट हेलित हुनुपर्ने अवस्था थियो यहाँ सम्मकि आफ्नो ज्यानै जान सक्ने अवस्था पनि थियो तर समयको खेल हेर्नुहोस हिजो सुन्न न चाहने शब्द हिजो हेला गरिएको विचार आज देशभरि गुन्जिन थालिसकेकोछ जुन यो देशको धरोहर थियो र यो देशको स्थायित्व पनि हो जसलाई नकार्न सकिँदैन। विश्वमा थुप्रै त्यस्ता देशहरु छन् जुन राजसंस्थालाई अँगालेका छन् ,विश्वमा त्यस्ता थुप्रै देशहरुछन् जसले आफ्नो धर्मलाई संस्कृतिलाई अंगालेर विकासको फड्को मरेका छन् र राजतन्त्र भएका २८,३० राष्ट्रहरु छन् जुन सबै सुखि, एकताबद्ध, खुशि र समृद्ध छन्। स्थायि नेतृत्व भएको देश भनेर देखाउँदा पनि राजतन्त्र देशको उदाहरण देखाउने गर्छन्, संयुक्त राष्ट्रसंघले पनि। यो उदहारण बाट पनि के गर्व गर्न सक्छौ र बुझ्न सक्छौ भने ति देशहरुले यतिको प्रगति यतिको ख्यातिका साथै सम्मान आफ्नै मौलिकतामा टेकेर हासिल गर्न सक्छन् भने हामि किन नसक्ने ? हामि किन पछि पर्ने भन्ने प्रश्न चिन्ह यहाँ खडा हुन्छ?हामि पनि सक्छौ हाम्रो देशले किन सक्दैन हामी त झन् ति देशहरू भन्दा लामो इतिहास र संस्कृति बोकेको देश हौ र सम्भावना हरुले भरिपुर्ण छौ केवल कमि र खाँचो छ त देशको माटोलाई बुझ्ने ,देशको संस्कृतिलाई आत्मसाथ गर्नसक्ने देशभक्ति सन्तानको , यो होईन कि बिदेशि र बिदेशि सिदान्तलाई आफ्नो संस्कार संस्कृति बनाउनेहरुको। त्यसकारण आफ्नो संस्कारमा गर्व गर्न सिकौ आफ्नो धर्ममा गर्व गर्न सिकौ यहाँ भएको विशाल राजस्थाको ईतिहासलाई बुझौं। यो देशलाई सनातन संस्कृति बाट पनि विश्वको एकमात्र सफल देश बनाउन सकिन्छ भन्ने कुरामा दुईमत छैन विचार गरौँ र अन्त्यमा ,हिजोको दिनमा साहस गरेर हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दालाई यहाँसम्म ल्याउन सफल भएका व्यक्ति राजेन्द्र लिङ्देनलाई धेरै धेरै धन्यवाद तपाईले ज्यानको बाजी राखेर आफ्नै माटो सुहाउँदो र आफ्नो सनातन पद्दति र विशाल ईतिहास बोकेको नेपालको गौरव राजसंस्था कै काम जगमा टेकेर देशलाई निकाश र विकास दिन सकिन्छ भन्ने युगको क्रान्ति गर्नु हुँदैछ जुन धेरै हदसम्म सफल हुँदै गइरहेको छ त्यसको लागि तपाईलाई धेरै धेरै धन्यबाद। ईतिहासले तपाईंलाई गौरवको साथ याद र सम्मान गर्ने छ। सांसद रहदाँ चुनाव पछि पनि सांसदले सेवा सुविधा पाउने व्यवस्था हुदै गर्दा त्यसको विरोध मात्रै होइन सांसद पदबाट पनि राजिनामा दिएपछि लज्जाबोध गरेर त्यो कदम रोकियो जसले राज्यको २ अर्व रुपैयाँ बचेको छ। गर्व गर्छु म तपाईको शुभेच्छुक भएकोमा । एकजना सांसद हुँदा संसदमा यति हलचल ल्याउने हजुर अव एक्लै पक्कै हुनुहुन्न र देशवासीले तपाईं वाट अपेक्षा गरेको विकास गर्न सफल हुनुहोस् शुभकामना।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search