प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणा, कांग्रेस पहिलो पार्टी बन्यो

 प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना सकिएको छ। सोमबार बिहान दोलखामा नेकपा माओवादी केन्द्र विजयी भएसँगै मतगणना सकिएको हो।

प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका १६५ सिटमध्ये ५७ सिट जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ।

दोस्रो स्थानको नेकपा एमालेले ४४ सिट, तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले १८ सिट, नेकपा एकीकृत समाजवादीले १० सिट, जनता समाजवादी पार्टी नेपालले ७ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन्।

प्रत्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, राष्ट्रिय जनमोर्चाले १ सिट, नेपाल मजदुर किसान पार्टीले १ सिट, जनमत पार्टीले १ सिट र स्वतन्त्र उम्मेदवारले ५ सिट जितेका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search