एमालेका बालकृष्ण शिवाकोटीलाई हराउँदै दोलखामा माओवादीका गंगा कार्की विजयी

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन्। कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन्। कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे।

दोलखा प्रदेशसभा (क) मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन्। उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने  एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए।

प्रदेशसभा (ख) मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search