राष्ट्रपति कार्यालय पुगेर निर्वाचन आयोगले बुझायो मतपरिणामको प्रतिवेदन

निर्वाचन आयोगले आम निर्वाचन–२०७९ को मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाइएको हो।

Advertisement

मतदान सम्पन्न भएको करिब तीन सातापछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरिएको हो।निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानबमोजिम बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन बुझाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालखबरलाई जानकारी दिए।

प्रदेशको हकमा प्रदेश प्रमुखसमक्ष पुस २ गते प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगका पदाधिकारीले प्रस्तुत गर्ने पनि उनले बताएका छन्।निर्वाचनको पूर्वसन्ध्यामा आयोगले मङ्सिर १२ गतेभित्र राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने जनाउँदै मङ्सिर तेस्रो सातादेखि नै सरकार गठनको प्रक्रिया प्रारम्भ हुने गरी तयारी गरेको बताएको थियो।

तर, तीन जिल्लामा पुनःमतदान भएको र समानुपातिक निर्वाचन  प्रणालीतर्फको  मतगणना  मङ्सिर तेस्रोसाता मात्रै सम्पन्न  हुँदा आयोगले ढिला गरी मतपरिणाम सार्वजनिक गरेको थियो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search