हल्दिबारी गाउँपालिकाले सुरु गर्यो आधारभूत अस्पतालको सेवा

झापा।झापाको हल्दिबारी गाउँपालिकामा आजबाट १५ शैय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को सञ्चालन सुरु भएको छ । अहिले भने अस्पताल ५ शैयाबाट सुरु भएको छ भने अस्पताल भवन निर्माण कार्य धमाधम भइरहेको छ।

आज एक विषेश कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अस्पताल उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै लिङदेनले जनताको लागि पहिलो आवश्यकता रहेको स्वास्थ्य सेवा सहज र सरल गराउने उद्देश्यले गाउँपालीकाले गरेको कार्य सर्हानिय रहेको बताएका थिए भने प्रत्येक मानिसको स्वास्थ्य सेवा मा उतिकै पहुँच हुनुपर्ने धारणा राखेका थिए।
यस्तै प्रदेश ख का सांसद छविलाल चुडाल ले अस्पताल संचालनले हल्दिबारी साथै छिमेकी पालिकाका जनतालाई पनि राहत मिल्ने भन्दै आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरंग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।

अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी,बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका सेवा प्राप्त हुने प्रमुख निरौलाले बताए ।

अत्यावश्यक स्वास्थ्य सेवा प्राप्त गर्न गाउँपालिकाबासी अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न आधारभूत अस्पताल सञ्चालन ल्याइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताए ।

अस्पतालमा एक जना मेडिकल अधिकृतसहित नौ जना जनशक्ति रहेका छन् भने जतिसक्दो छिटो अस्पताल पूर्ण शैयाको हुने निरौलाले बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथि राप्रपा अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन, प्रदेश सभा (२) का प्रदेशसभा सदस्य छविलाल चुँडाल, गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,सबै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरु, संचारकर्मीहरू लगायत कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search