हल्दिबारी गाउँपालिकाको १३ औ गाउँसभा सुरु

झापा।हल्दिबारी गाउँपालिका को १३ औ गाउँसभा पुष १८ गते सोमबार  आज सुरुवात भएको छ । गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको सभाको सुरूवात शुभकामना मन्तव्य बाट सुरु भएको थियो।

Advertisement


सभामा ‌विनियोजन ऐन २०७९संसोधन गर्न बनेको विधेयक २०७९, शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक २०७९ र सार्वजनिक खरिद नियमावली २०७९ छलफलका लागि विधायन समितिमा पठाउने निर्णय भएको छ।
यसैगरी विभिन्न विषयगत समितिहरु ले आ .व २०७८/७९ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश भएको छ।

गाउँसभाको अर्को बैठक आगामी पुष २५ गते  आहवान गर्दै  अध्यक्ष लिङदेनले  आजको सभा स्थगन गरेका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search