झापाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध ब्राउनसुगर तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा झापा बुद्धशान्ति-३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एक जना रहेका छन् । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एक जना अटोमा सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search