झापा । यही फागुन ५ गतेदेखि सञ्चालन गर्दै आएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाले अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहालसहित मेलास्थलको अनुगमन गरेको हो ।
महोत्सवले व्यापारी–व्यवसायी र उद्योगीमा आशा जागृत गरेको दाहालले बताए । विगतको तुलनामा उपस्थिति कम जस्तो देखिएपनि कोरोनाले थलिएको बजार क्रमिक रुपमा उठ्दैछ भन्ने सन्देश दिएको दाहालको भनाई छ ।
नेपालसहित विश्व नै आर्थिक चपेटाबाट गुज्रिरहेको अवस्थामा व्यापारीहरुलाई प्रोत्साहन गर्नका लागि मेला आयोजना गर्ने आँट गर्नु नै ठूलो कुरा भएको बताउदै व्यापारी–व्यवसायीलाई पनि क्रमिक रुपमा व्यवसायले पिकअप लिने धारणा राखे ।
कृषि औजारदेखि उत्पादन, कपडा, खाद्य परिकार लगायत विभिन्न किसिमका व्यापारको स्टल राखिएको महोत्सवस्थलमा दैनिक झापामा बसोबास गर्ने आदिवासी/जनजाति समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुँदै आएको महोत्सवका आयोजक संस्थाका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
आर्थिक मन्दी, बैंकको ताकेता लगायतका कारणले निराश भएका व्यवसायीलाई महोत्सवले उत्साहित बनाएको मेला आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।
महोत्सवले ब्यापारी व्यवसायीमा उत्साह थपेको महोत्सव संयोजन समितिका सचिव कुशल खतिवडाले बताए ।
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026