झापा।झापाको हल्दिबारी गाउँपालिका वडा नं १ मा आगलागी हुँदा लाखौंको क्षति अनुमान गरिएको छ।
साविक गोलधाप ७ निवासी निर्मला आचार्य को घरमा आगलागी भएको हो। ग्यास सिलिन्डर विस्फोट भएको आवाज आएको भन्दै स्थानीयले ग्यास विष्फोट बाटै आगलागी भएको अनुमान गरिएको छ भने कतिले आगलागी पछि विष्फोट भएको भनेका कारण आगलागी को कारण प्रष्ट नभएको हल्दिबारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा ले जानकारी दिएका छन्।
आगलागी बाट घरभित्रका सबै सरसामान जलेर पूर्ण रुपमा सखाप भएका छन् भने २ वटा बाख्रा मरेका छन्। यसैगरी एउटा गाई घाईते भएको साथै नजिकै रहेको परालको कुन्यु पनि पूर्ण रुपमा क्षति भएको छ।
भद्रपुर बाट आएको बारूणयन्त्र, सशस्त्र प्रहरी चौकी घेराबेरी , गोलधाप प्रहरी चौकी र स्थानीय को संलग्नतामा आगलागी नियन्त्रण को प्रयास भइरहेको थापाले जानकारी दिएका छन्। आगलागी को कारण र क्षतीको विवरण यकिन हुन बाँकी रहेको छ।
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026