झापा।हल्दिबारी गाउँपालिका वडा नं २ ले आज देवनिया घाट वरिपरि सरसफाई गरेर फोहोर व्यवस्थापन गर्नका लागि सिमेन्ट को रिङ राखेको छ।
घाटको वरपर प्लाष्टिकजन्य फोहोर तथा सिसा यत्रतत्र छरिएको साथै शौचालय पनि अत्यन्तै फोहोर भएकाले सार्वजनिक स्थल घाटलाई सफाई गरिएको वडाध्यक्ष शुकलाल राजवंशीले बताए।

हल्दिबारी र भद्रपुर को सिमानामा रहेको देवनिया घाटमा अव सबैले सरसफाईमा ध्यान दिन पनि उनले आग्रह गरेका छन्।
वडा नं २ का सम्पूर्ण जनप्रतिनिधिहरू, कर्मचारीहरु एवम् प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका कामदारहरु को संयुक्त प्रयासमा करिब ४ घण्टा लगाएर मलामी विश्रामघर, घाट एवम् वरिपरि को झाडीसफाई, प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गरिएको थियो।
सार्वजनिक स्थलहरु साझा सम्पत्ति भएकोले यसलाई संरक्षण र सफाई सबैको आवश्यकता रहेकोले यो कार्य अघि बढाइएको वडा सदस्य अम्बिका तोलाङ्गीले बताईन।









