नेपाली चलचित्र दुई कदमको सुटिङ चेप्टीमा

1,066 views

झापा।इलाम जिल्ला माइनगर पालिका वडा नम्वर २ हेप्पी ड्रीम्स चेप्टीमा राष्ट्रिय कलाकार हरुको अभिनय रहने नेपाली चलचित्र दुई कदम को सुटिङ हुने भएको छ। सोमबार र मंगलबार हुने सुटिङमा उदय सुब्बा/ गौरभ पहाडी विल्सन बिक्रम राई /गिता ढुंगाना/ बिमला लिम्बू /इओन लिम्बू/ सिमोन गिरि /लगायत कलाकार चेप्टी आउदैछन्।
चेप्टी पूर्वकै पर्यटकीय क्षेत्रका रूपमा विकसित भइरहेको छ ।आगन्तुक पर्यटकका लागि समय व्यतित गर्ने रमणिय स्थान बनेको पार्क करिब ३ सय रोपनी जग्गामा मा फैलिएको संचालक दिनेश शिवाकोटी ले बताए।

करोडौँ को लगानीमा बन्दै गरेको यो पार्क आन्तरिक पर्यटनका लागि उपयुक्त ठाउँ भएको पनि उनले बताए।

पछिल्लो समय यहाँ फोटो खिच्ने,टिकटक बनाउने फिलिम सुटिङको लागि नि रोजाईमा पर्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search