राप्रपा को महिला संगठन अध्यक्षमा अञ्जना रावलको नेतृत्वमा नयाँ समिति सर्वसम्मत निर्वाचित

250 views

राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छिन् । काठमाडौंमा आयोजित महाधिवेशन उपाध्यक्ष, महासचिवसहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको छ ।


महाधिवेशनले उपाध्यक्ष पदमा धनुषाकी संगीता मल्ल ठकुरी र महासचिवमा सिन्धुपाल्चोककी कुमारी स्याङ्तानलाई निर्वाचित गरेको छ। महासचिव स्याङ्तान राप्रपाको तर्फबाट वाग्मती प्रदेश सभाकी सदस्यसमेत हुन् । मनोनीत हुने उपाध्यक्ष पदमा काठमाडौंकी सिजन श्रेष्ठ र रामेछापकी सरस्वती श्रेष्ठ, महासचिवमा कास्कीकी रञ्जना सेन ठकुरी र काठमाडौंकी चम्पा अधिकारीलाई सहमतिका आधारमा महाधिवेशनबाट नै चयन गरिएको छ ।
महाधिवेशनबाट पारित बिधान अनुसार भएको निर्वाचनबाट विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्यहरु निर्वाचित भएका छन् । महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्यीडित, जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्दै विधानअनुसारको सदस्य समेत निर्वाचित गरेको छ। नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहित अन्य पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता, पार्टीका केन्द्रीय सदस्य राजु बस्नेतले प्रमाणपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search