हल्दिबारी गाउँपालिकामा विधार्थीसँग जनप्रतिनिधि कार्यक्रम

835 views

झापा। हल्दिबारी गाउँपालिकाले पहिलो पटक विधार्थीसँग जनप्रतिनिधि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ।
जेठ ५ गते हल्दिबारी वडा नं १ को गरमकाली आधारभूत विद्यालयका विद्यार्थीहरूले गाउँपालीका का अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्यहरू, शान्ता शिवाकोटी, रुपा रसाईली र प्रकास कार्की लाई विभिन्न प्रश्नहरू सोधेका थिए।

Advertisement

विद्यालयका शिक्षक शिक्षिका हरु सहभागी नगराई विधार्थीहरूलाई विद्यालयको अवस्था, शिक्षक शिक्षिकाले गर्ने व्यवहार, पढाई सञ्चालन कस्तो छ भनेर जनप्रतिनिधिहरूले सोधेका थिए।
विधार्थीहरूले पनि राम्रा कुरा र समस्याका बारेमा जानकारी गराएका थिए।

सवाल जवाफ पश्चात गाउँपालीका कि शिक्षा शाखा प्रमुख जनककुमारी राईले विद्यालय र पढाइ को बारेमा प्रश्न भएको एउटा फारम सबै विधार्थीहरूलाई भर्न दिएकी थिइन् जसले गर्दा आगामी दिनमा समस्या समाधान गर्न सहज हुने उनको भनाई रहेको थियो।

गाउँपालीका अध्यक्ष लिङदेनले आगामी दिनमा अरू विद्यालयहरू मा पनि यो कार्यक्रम अघि बढाउने बताए । विद्यार्थी र जनप्रतिनिधि बिच चिनजान हुने र विद्यालयका समस्या हरू पहिचान गर्न पनि सजिलो हुने भएकाले यो कार्यक्रम निरन्तर अघि बढ्ने उनको धारणा रहेको थियो।
हल्दिबारी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि भिन्न भिन्न कार्यक्रम गर्दै आएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search