झापा। हल्दिबारीमा संचालन भएको प्रथम त्रिवेणी मिनि गोल्डकपको उपाधि आयोजक त्रिवेणी युथ क्लबले जितेको छ।
युवा एकता समाज हल्दिबारी २ र त्रिवेणी युथ क्लब बिच भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
निर्धारित र थपिएको अतिरिक्त समय मा दुवै समूहबाट बराबरी २/ २ गोल भएपछि पेनाल्टी सुट मार्फत त्रिवेणी ले उपाधि चुम्न सफल भएको थियो।
खेलको बिजेता समूहले नगद ३० हजार सहित ट्रफि र मेडल उपबिजेता समूहले नगद २० हजार सहित ट्रफि र मेडल जितेका छन्।
बिजेता र उपबिजेता दुवै समूहलाई आजका प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन सहित अतिथिहरुले पुरस्कार वितरण गरेका थिए।
त्रिवेणी मिनि गोल्डकप जेठ १२ गतेबाट सुरु भएर आज २० गते समापन भएको हो।
खेल सफल बनाउन विभिन्न तरिकाले सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद गर्दै खेल समापनको जानकारी गराएका थिए।