हल्दिबारी गाउँपालिकामा ४७ करोड ७४ लाख बराबरको बजेट तथा कार्यक्रम पेश

463 views

झापा।हल्दिबारी गाउँपालिकाको गाउँ सभाको १५ औ अधिवेशन आज असार १० गते सुरु भएको छ।

Advertisement

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा सुरु भएको सभा मा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाई सहित सबै वडा अध्यक्ष हरू, गाउँसभा सदस्यहरू सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो।
आजको सभामा झापा क्षेत्र नं ३ प्रदेश ख का माननीय सांसद छविलाल चुडाल अतिथि रहेका थिए।
आजको सभामा हल्दिबारी गाउँपालिका गाउँ सभा सदस्य तथा कार्यक्रम समिति संयोजक लक्ष्मी देवी मैनाली द्वारा विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० पेश भएको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ का लागि ४७ करोड ७४ लाख बराबरको बजेट तथा कार्यक्रम पेश भएको छ।
निति तथा कार्यक्रममा हल्दिबारीका छोरा छोरी, प्राविधिक शिक्षा मार्फत रोजगारी, कृषि र स्वास्थ्य एप्स निर्माण गर्ने लगायतका कार्यक्रम पेश भएका छन्।

पेश भएको विधयेक माथि असार १३ गते छलफल गर्ने गरी अध्यक्ष लिङदेनले सभा विसर्जन गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search