हल्दिबारी गाउँपालिकालाई एम्बुलेन्स र जागृति क्याम्पसलाई बस, नेपाल भारत मैत्री सहयोगको उपहार

712 views

झापा।झापाको हल्दिबारी गाउँपालिकाले उपहार स्वरुप एउटा एम्बुलेन्स पाएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको सक्रिय पहलमा हल्दिबारीले एम्बुलेन्स प्राप्त गरेको स्रोतले जनाएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासले पालिकालाई एम्बुलेन्स प्रदान गरेको हो ।

Advertisement

नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको भारतीय दूतावासले हल्दिबारीलाई समेत प्राथमिकतामा राखेर एम्बुलेन्स प्रदान गरेको हो ।यसैगरी हल्दिबारी गाउँपालिका कै जागृति क्याम्पस ले ३२ सिट क्षमताको बस पाएको छ। आज दूतावासमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका थिए ।

हल्दिबारी गाउँपालिका उपाध्यक्ष एम्बुलेन्स लिन दुई दिन अगाडि नै काठमाडौ पुगेकी थिइन् । उपाध्यक्षहरुको न्यायीक सम्मेलनमा गएको बेला एम्बुलेन्सको लागि  दूतावासमा निवेदन दिइकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search