झापा। “समावेशी र सीपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा”
भन्ने मुल नाराका साथ ४१औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा हल्दिबारी गाउँपालिकाले वि सं २०७९ को एसईई परिक्षामा मा उत्कृष्ट जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरु र स्वेच्छिक तथा अनिवार्य सेवा निवृत्त हुने शिक्षकहरूलाई सम्मान गरेको छ।
सम्मानित हुने शिक्षकहरूमा सोमबहादुर तामाङ हल्दिबारी मा.वि, दीर्घराज आचार्य दिपेन्द्र आ.वि,टंक बराल महेन्द्र मा.वि, गणेशमान कन्दङ्वा सरस्वती मा.वि र टिकाराम खनाल नवसृजना आ.वि रहेका थिए।
यसैगरी उत्कृष्ट जिपिए ३.७२ भन्दा बढी ल्याउने योगेश लामा, पवन गिरी, डिकेन्द्र लामा,आयुष काफ्ले, अन्जुकला वाइवा, विनिता नायक,सलिना दाहाल र आशिका थाम्सुहाङ गरी ८ जना लाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
यसैगरी उत्कृष्ट जिपिए ३.६ भन्दा माथि ल्याउने १६ जना विधार्थीहरूलाई खदा तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष एवम शिक्षा समितिका संयोजक रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, ५ वटै वडाका वडा अध्यक्षहरु क्रमश, देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा र खडग लावती यसैगरी सम्पूर्ण कार्यपालिका सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरु, हल्दिबारी गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम पदाधिकारीहरू,प्र अ लगायत शिक्षकहरु , विभिन्न विद्यालयका विद्यार्थीहरु र शिक्षासेवी, संचारकर्मी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
प्रमुख प्रशासकीय अधिकृत वनले स्वागत तथा औचित्य माथि प्रकास पारेको कार्यक्रम शुभकामना मन्तब्य गाउँपालीकाका प्रवक्ता देवीबहादुर थापा, हल्दिबारी मा .वि का प्र अ टंक पाख्रिन र हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले राखेका थिए। कार्यक्रमको संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।
सम्मानित शिक्षकहरूका तर्फबाट बोल्दै सोमबहादुर तामाङले हल्दिबारी गाउँपालिकाले शिक्षकहरूलाई गरेको सम्मानप्रति खुसी व्यक्त गरेका थिए भने आगामी दिनहरुमा यसले शिक्षकहरूलाई अझै हौसला मिल्ने बताए।
यसैगरी सम्मानित विधार्थीहरूका तर्फबाट हल्दिबारी बाल संजालका अध्यक्ष समेत रहेका पवन गिरीले शिक्षा दिवसका दिन पाइएको सम्मान अविष्मरणीय रहने साथै आगामी दिनहरुमा पढाइप्रति अझै अघि बढ्न प्रेरणा मिलेको बताए।
कार्यक्रमको अन्त्यमा बोल्दै गाउँपालीका अध्यक्ष रविन्द्र लिङदेनले जिवनको उर्जाशील समय शिक्षामा लगानी गर्ने शिक्षकहरूलाई सम्मान गरेर नविनतम थालनी गरेको धारणा राखेका थिए। विधार्थीहरूलाई पढाईमा अब्बल बन्न थप हौसला दिन सम्मान कार्यक्रम गरिएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका थिए।
हल्दिबारी गाउँपालिकामा नेपालमै पहिलोपटक कक्षा १२ सम्म निशुल्क शिक्षा तथा सिसि क्यामेरा मार्फत विधालयको गतिविधि अवलोकन गर्ने प्रविधि संचालनमा रहेको छ।