नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न

नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न भएको छ। होटल याक एन्ड यतिमा भएको छलफलमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

बैठकमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल गरेको मन्त्रालयले उल्लेख गरेको छ।‘उहाँ (जयशंकर)सँग दुईदेशीय सम्बन्धबारे आदानप्रदान गर्न पाउँदा खुसी लागेको छ’, भारतीय समकक्षीसँगको भेटबारे मन्त्री साउदले भनेका छन्, ‘हामीले सातौँ नेपाल–भारत संयुक्त आयोगको बैठकमा समेत बस्यौँ। सो क्रममा दुई देशको विविध पक्षबारे छलफल भयो।’

खासगरी आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत तथा राजनीतिक विषयवस्तुका विभिन्न पक्षबारे छलफल भएको उनले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search