उपनिर्वाचनमा इलाम क्षेत्र नं २ मा राप्रपा बाट लक्ष्मी गुरुङ उम्मेदवार

1,505 views

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।
राप्रपा युवा नेता गुरूङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए। उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन्।
राप्रपाले इलाम २ को अवस्था बुझ्न झापाको हल्दिवारी गाउँपालिकाका अध्यक्षसमेत रहेका पार्टीका नेता रवीन्द्र लिङ्देनलाई जिम्मेवारी पनि दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search