झापा। सामुदायिक वन उपभोक्ता महासंघ झापा ले सामुदायिक वन उपभोक्ता समूहहरूले उत्पादन गरेको अर्गानिक बेसार (हल्दि) को बजार प्रवर्द्धन गर्न के गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।


झापा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राई, महासचिव सुमन्त मैनाली एवंम प्रतिनिधिहरु, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, कचनकवल गाउँपालिका उपप्रमुख नवराज भट्टराई, हल्दिबारी उधोग बाणिज्य संघका महासचिब कृष्ण प्रसाई, सचिव एवंम संचारकर्मी नेत्रविक्रम बिमलि,स्थानीय व्यापारीहरु, साथी कृषि फर्मका प्रदिप थापा, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरू, बेसार उत्पादन गर्ने सामुदायिक वन समूहका प्रतिनिधिहरू,फरेष्ट एक्सन नेपालका प्रतिनिधिहरू , संचारकर्मीहरु र सरोकारवालाहरू बिच छलफल भएको थियो।
भद्रपुर का दियालो, दशरथपुर, विशाल र कमलधाप रामपोखरी, हल्दिबारीका पाथीभरा कालीका र रातमाटे यसैगरी कचनकवलका दुर्गाभिट्टा र त्रिवेणी सामुदायिक वन समूहमा कृषि वन अन्तर्गत बेसार उत्पादन गर्दै आएका छन्।

बेसार लाई सब्जी मसलाका साथै औषधिको रुपमा प्रयोग गरिदै आएको छ।प्रत्येक घरमा हरेक दिन प्रयोग हुने बेसार बिदेशबाट लाखौको आयात हुदाँ यहिँ उत्पादन भएको बेसारले बजार पाउन मुस्किल रहेको छ।
भारतबाट मिसावट भएको बेसार सस्तो रूपमा नेपाल भित्रिनाले पनि यहाँ को बेसार अलिकति महंगो हुन गएको व्यापारीहरूले बताए।
आम उपभोक्ताहरु लाई सस्तो भन्दा पनि गुणस्तर को बारेमा बुझाउन आवश्यक रहेको सबैको साझा धारणा रहेको थियो।
बेसारमा विशेष गरी सेतो पिठो मिसाइएको पाउने भएकाले त्यसको प्रयोगको मात्रा सब्जीमा धेरै लाग्ने तर अर्गानिक बेसार थोरै प्रयोग हुने हुँदा यो विषय आम उपभोक्ताले बुझ्न सके मूल्य खासै फरक नपर्ने निष्कर्ष निस्केको थियो।
अर्गानिक रूपमा उत्पादन गरिएको बेसार को प्रचार प्रसार तथा बजार प्रवर्द्धन गर्न सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन ले हल्दिबारी गाउँपालिका सामुदायिक वन समूहले गरेका यस्ता कार्यक्रममा सहकार्य गर्न तयार रहेकाले समूहहरूले बेलैमा कार्यक्रम माग गरे निति तथा कार्यक्रममा समावेश गर्न सकिने बताए।
यसैगरी कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले रैथाने बाली संरक्षण तथा कृषकहरूको जिविकोपार्जन मा जोडिएको बेसार लाई बजारीकरण र उत्पादनमा जोड दिन कचनकवल गाउँपालिका ले सकेको सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
उनले धेरै समूहहरूले उत्पादन गरेपनि समूहहरूले साझा धारणा बनाएर एक ठाउँमा प्रशोधन गर्दा सहज हुने धारणा राखेका थिए।
यस्तै झापा उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राई ले सामुदायिक वनहरूले उत्पादन गरेको बेसारको बजारीकरण र ब्राणिङमा सहकार्य गर्ने बताए।
यसैगरी डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषी पराजुली ले कृषि वन प्रवद्धन कार्यक्रम ले बेसार उत्पादन सँगै रैथाने वनस्पति पुनरुत्पादन भएकाले यो एउटा राम्रो कार्यक्रम भएको धारणा राखेका थिए ।
यस्तै दुर्गाभिट्टा समूहका अध्यक्ष धनराज गुरुङले जंगली जनावर बाट पनि सुरक्षित तथा वनको संरक्षणमा टेवा पुर्याउन र आर्थिक आम्दानी गर्ने कृषि वन को अवधारणा उचित रहेको बताए।
सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी को अध्यक्षतामा भएको कार्यक्रममा
फरेष्ट एक्सन नेपालकी फिल्ड अधिकृत मुना भट्टराई ले वन समूहमा भएको बेसार खेती किन भन्ने बारेमा तथ्य सहित प्रस्तुतीकरण गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण महासंघ कि कोषाध्यक्ष देवीका अधिकारी ले गरेकी थिइन्।







