ओलम्पिक डे २०२४ को औपचारिक सुरुवात

142 views

२६ जेठ, काठमाडौं । ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ ।

Advertisement

नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा नेपालमा ओलम्पिक डे २०२४ को कार्यक्रम सुरु गरिएको हो ।

पाटन मंगलबजारमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डे २०२४ को थालनी गरिएको हो । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को झण्डोत्तोलन गरे ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका कार्यवाहक अध्यक्ष ज्योती राणाले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिन् । यस्तै कार्यक्रममा नेपाल प्रहरी ब्याण्ड टोलीबाट राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । यस्तै दधिकोट स्कुलका छात्राबाट बाँसरीमा मंगल धुन प्रस्तुत गरिएको थियो ।

मंगलबजारबाट विभिन्न स्कुलका विद्यार्थीहरुले मार्चपास गर्दै सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा पुगेका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search