झापा।हल्दीबारी गाउँपालिकामा एकीकृत शैक्षिक सुचना ब्यबस्थापन प्रणाली (IEMIS) सम्बन्धि ३ दिने तालिम सञ्चालन भएको छ ।
गाउँपालिकाका १७ वटा सामुदायिक, १ वटा धार्मिक र १२ वटा संस्थागत विद्यालयका ३० जना शिक्षकहरूलाई तालिम दिइएको हल्दीबारी गाउँपालिका शिक्षा समन्वयकर्ता तथा कार्याक्रमका सञ्चालक दुर्गा प्रसाद अधिकारीले जानकारी दिए।

विद्यालयलाई प्रबिधिमैत्री बनाउन गाउँपालिका सधैँ लागि परेको बताउँदै शैक्षिक तथ्याङ्कलाई व्यवस्थित गर्न यस्ता तालिम को महत्त्वपूर्ण भूमिका रहेको गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रविन्द्र प्रसाद लिङ्देनले बताए।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान ब. वन (महेन्द्र) ले प्रबिधिको बिकाससंगै छिटो र सहज तरिकाले शैक्षिक गतिविधि तथा तथ्याङ्कलाई पनि अद्यावधिक गर्न IEMIS को प्रमुख भुमिका रहेको धारणा राखेका थिए।
शैक्षिक तथ्याङ्कलाई व्यवस्थित गर्न तालिम महत्त्वपूर्ण हुने र तालिममा सिकेको सिपलाई कार्य क्षेत्रमा लागु गर्न शिक्षा अधिकृत जनक कुमारी राईले सहभागीलाई अनुरोध गरेकी थिइन्।
सोहि कार्यक्रममा बोल्दै हल्दीबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष टंक बहादुर पाख्रिनले तालिममा सक्रियता राम्रो रहेको र विद्यालयमा आवश्यकताको आधारमा अन्य विद्यालय र शिक्षा शाखा विच समन्वय गरी अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपाने तथा अन्य शिक्षक, कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो । तालिमको प्रशिक्षण भने डिल्लीराम अधिकारीले गरेका थिए।