148 views

काठमाडौँ । ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

असार ७ मा गोदावरी नगरपालिका–९ छेडामा मनोज कुमार बानियाँमाथि मोटरसाइकलमा आएकाहरूले खुकुरी प्रहार गरेका थिए । पक्राउ पर्नेमा धनकुटा घर भएका दीपक बान्तवा, विभाग गुरुङ उर्फ धराने, आयुष्मान अधिकारी, राजेश केसी, सुरेन्द्र महर्जन र अलिङ्क लामिछाने छन् ।

खुकुरी प्रहार गर्नकै लागि दीपक गुरुङ धनकुटाबाट काठमाडौँमा आएको अनुसन्धानबाट पत्ता लाग्यो । लागुऔषध मुद्दामा सुनसरीमा दुई वर्ष बसेर छुटेको अपराध रेकर्ड भेटिएको छ भने,‘योजनाबद्ध रूपमा खुकुरी प्रहार गरेको देखिन्छ ।’

पक्राउ परेका अर्का आरोपी सुरेन्द्र महर्जन प्रहरीको हत्या गरेको कसुरमा १० वर्ष जेल बसेर निस्केका हुन् । विभाग गुरुङ कक्षा १२ को मार्कसिट नक्कली बनाएको मुद्दामा फरार थिए ।

खुकुरी प्रहारबाट घाइते भएका बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् । घटनामा संलग्न ३ जना फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search